अभरिलो फड्के पुलबाट खसेर फुङलिङ नगरपालिका-१० फुरुम्बुकी अढाई वर्षीया बालिकाको ०८२ साउन ३० गते मृत्यु भएको छ ।
फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी फड्के पुलबाट चिप्लिएर अढाई वर्षीया बालिकाको मृत्यु भएको हो ।
भरपर्दो पक्की निर्माण नगरी अस्थायी रुपले बनाइएको फड्के पुलबाट चिप्लिएर फुङलिङ नगरपालिका-१० फुरुम्बुकी अढाई वर्षीया बालिकाको लडेर मृत्यु भएको हो ।
फुङलिङ नगरपालिका-१० का वडाध्यक्ष सन्तोष नुगो लिम्बूले आमा शान्ता लिम्बूसँगै ०८२ साउन ३० गते पुलबाट चिप्लिएर दुवै जना खोलामा खसेकामा बालिकाको मृत्यु भएको बताउनु भयो ।
अस्थायी पुलबाट चिप्लिएर खोलामा खसेका बालिकाकी आमा शान्तालाई ससुरा टकबहादुर लिम्बुले उद्दार गरेपनि बालिकाको उद्दार गर्न नसकिएको वडाध्यक्ष लिम्बूले बताउनु भयो ।
अभरिलो फड्के पुलबाट खस्ने बित्तिकै बालिकाको ढुंगामा अल्झिएर मृत्यु भएको वडाध्यक्ष लिम्बूको भनाइ छ ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।