क्षेत्रीय कारागार झुम्काबाट ०८२ साउन २७ गते पर्खाल नघारेर फरार भएका कैदीलाई प्रहरीले साउन ३१ गते बिर्तामोड नगरपालिका-१० स्थित विराटपोखरबाट गिरफ्तार गरेको छ ।
झुम्का कारागारमा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङ जिल्ला, दिप्रुङचुइचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेललाई प्रहरीले झापाबाट गिरफ्तार गरेको हो ।
क्षेत्रीय कारागार झुम्काबाट साउन २७ गते पर्खाल नाघेर फरार भएका कैदीलाई झापाबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
सुनसरी जिल्ला अदालतले बलात्कार कसुरमा पौडेललाई ०८२ साउन २१ गते १३ वर्ष कैद, ५ लाख रुपियाँ जरिबाना र ३० हजार रुपियाँ क्षतिपूर्तिको सजाय तोकेको थियो । कसुरदार सोही दिनदेखि सजाय भुक्तानका लागि झुम्का कारागारमा थिए ।