INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–३ कुचैनी शिविरका ४३ वर्षीया लोकेश सुर्जामगरलाई ०८२ साउन २९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले साउन २९ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको गौरीगंगा नागरपालिका–३ का वडासदस्य धनीराम आर्चायले बताउनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षणका लागि साउन ३० गते सेती प्रादेशिक अस्पताल, धनगढी पठाउने तयारी भइरहेको डिएसपी चन्दको भनाइ छ ।

अन्य

भिडियो