१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८२ साउन २९ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २८ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।