मनोसामाजिक समस्या हुनुभएकी ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-७ विगुटारका ४५ वर्षीय ङिमा शेर्पा र २९ वर्षीय लाक्पा रिञ्जी शेर्पालाई साउन २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपित ङिमा शेपाले ०८१ फागुन ११ गते र अर्का आरोपित रिञ्जी शेर्पाले ०८२ साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २९ गते गरिएको छ ।