INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-८ च्यानम स्थायी घर भइ सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडामा बस्दै आएका ३३ वर्षीय चन्द्रबहादुर विकलाई साउन २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ साउन २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि ओखलढुङ्गा बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २८ गते गरिएको छ ।

अन्य

भिडियो