क्षेत्रीय कारागार झुम्काबाट एक जना कैदी ०८२ साउन २७ गते राति फरार भएको कारागार प्रशासनले जनाएको छ ।
बलात्कार मुद्दामा कैद भुक्तान गरिहेका खोटाङ जिल्ला, दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेल खत्री कारागारको पर्खाल नाघेर फरार भएको कारागार प्रशासनले जनाएको छ ।
खत्रीको खोजी कार्यका लागि सशस्त्र प्रहरीको सुरक्षा बेस झुम्का र नेपाल प्रहरीसहितको संयुक्त टोली खटिएको छ ।