INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि पहल गरीदिन पीडित बालिकाको आग्रह

बलात्कार घटनामा पीडित भएकी १६ वर्षीया एक बालिकाले सामाजिक सञ्जालमा एक भिडियो सम्वाद सार्वजनिक गरी न्याय र सहयोगका लागि आग्रह गरेकी छिन् ।

बलात्कार घटनाबाट सात महिनाको गर्भ रहेको र अब बच्चाको जन्म हुने समय निकट भएकाले आफू विचल्लीमा परेको भन्दै पीडित बालिकाले न्याय र सहयोगका लागि ०८२ साउन २५ गते भिडियोमार्फत आग्रह गरेकी हुन् ।

गौरादह नगरपालिका–९ झमक चोकका ५६ वर्षीय इन्द्रबहादुर राईले ज्यान मार्ने धम्की दिएर ०८१ मङ्सिर २८ गते बलात्कार गरेको र आफ्नो गर्भमा सात महिनाको बच्चा रहेको बालिकाले बताएकी छन् ।

ज्यान मार्ने धम्की दिएका कारण आफूले अभिभावकलाई घटनाका बारेमा भन्न नसकेको पीडित बालिकाले बताएकी छन् ।

आफन्तको घरमा बसेर पढिरहेको अवस्थामा छिमेकी इन्द्रबहादुर राईले बलात्कार गरेको र ०८२ जेठ २८ गते स्वास्थ्य जाँच गर्दा गर्भ रहेको पीडित बालिकाको भनाइ छ ।

आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय, झिलझिलेमा जेठ २८ गते उजुरी दिएको भएपनि आरोपित फरार भएकाले प्रहरीले कानुनी कारबाही अघि बढाउन सकेको छैन।

बालिकासहित पीडित परिवारले बच्चाको जन्म भएसँगै आमाको समेत विचल्ली हुने भएकाले न्याय र सहयोगका लागि पहल गरीदिन आग्रह गरेका छन् ।

अन्य

भिडियो