INSEC Online

📅 २०८३ जेष्ठ २१

‘राउटे कोरिडोर’ मार्फत राउटे समुदायलाई संरक्षण गरिँदै

कर्णालीमा बसोबास गरिरहेको लोपोन्मुख फिरन्ते समुदाय राउटेको संरक्षणका लागि सामाजिक विकास मन्त्रालयले राउटे कोरिडोरको अवधारणा अघि सारेको छ  । राउटे समुदायको बसाइँ सर्ने स्थानहरु समेटेर बनाइने कोरिडोर अवधारणामा राउटे समन्वय समितिको निर्णयका आधारमा प्रोफाइल प्रकाशन गर्ने, विकास साझेदारको समन्वयमा पोषणयुक्त खाद्य सामग्री प्रदान गर्ने, राउटेहरूका लागि प्रादेशिक तथा अन्य सरकारी अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य कोरिडोर मार्फत गरिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगहरूको सिफारिस तथा राउटेहरूको विगत १० वर्षको बसोबास स्थलको नक्साङ्कनका आधारमा कोरिडोरको अवधारणा अघि बढाएको मन्त्रालयले जनाएको छ ।

Photo 2025-08-12 Surkhet-02

बालबालिकाहरूलाई शिक्षामा अग्रसर गराउन आवश्यक सामग्री विकास गरी वितरण गर्नेदेखि आवश्यक क्षमता विकासका कार्यक्रमहरू लागू गरिने मन्त्री भण्डारीले बताउनु भयो । उहाँका अनुसार राउटे समुदायको संरक्षण गर्न समायानुकूल कानुनी प्रबन्ध समेत यसै मार्फत् गरिनेछ । पछिल्लो समय दैलेख र सुर्खेत जिल्लाका जङ्गलमा बसोबास गर्दै आएका राउटे समुदाय हाल सुर्खेतमा बसोबास गरिरहेका छन् । आजभोलि उनीहरु सुर्खेतको लेकबेशी नगरपालिका–१० को झुप्रा खोलामा बस्दै आएका छन् । मुलुकको एक मात्र फिरन्ते जातिको पहिचान भएको राउटेको जनसङ्ख्या १ सय ३५ छ । राउटे समुदायमा कल्याल, सोवंशी र रास्कोटी थर रहेका छन् ।

Photo 2025-08-12 Surkhet-01

अन्य

भिडियो