INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयको भवन भत्किदा पठनपाठन प्रभावित

सर्केगाड गाउँपालिका–७ स्थित कोट माध्यमिक विद्यालय रोडिकोड मातहतको कोटडाँडा आधारभुत विद्यालयको भवन भत्किदा विद्यार्थीहरू खुला आकाशमुनिको चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत एक महिनादेखि हुम्लामा नियमित रुपमा परेको अविरल वर्षाका कारण ६ कोठे भवन भत्किएपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय भत्किएसँगै एक हप्तादेखि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको स्थानीय ओमप्रसाद जैसीले बताउनु भयो ।

Photo 2025-08-11Humla

कोट माध्यमिक विद्यालय रोडिकोट मताहतको उक्त विद्यालयको नयाँ भवन निर्माण गरी सिमाली भन्ने ठाउँमा सारेपछि कक्षा १ देखि ५ कक्षासम्म पढाइ हुँदै आएको थियो । भवन भत्किएपछि विद्यार्थीहरु चौरमै बसेर पढ्न बाध्य भएको जैसीले बताउनु भयो । उहाँका अनुसार घाम लाग्दा मात्रै विद्यार्थीहरु विद्यालय जान्छन्, पानी पर्दा जाँदैनन् । भवन भत्किदा डेक्स, बेन्च, कार्पेट, खेल सामग्री लगायतका भौतिक सामग्रीमा क्षति पुगेको छ । विद्यालय भवन पुनः निर्माणका लागि सरोकारवाला निकायलाई पहल गर्दै आएपनि सुनुवाई नभएको जैसीले बताउनुभयो । उक्त विद्यालयमा हाल १ सय ५० जना बालबालिका अध्ययन गर्दै आएका छन् ।

अन्य

भिडियो