INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली लागी मृत्यु भएको घटनाको इन्सेकद्वारा स्थलगत अध्ययन

सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरमा साउन २० गते राती प्रहरीको गोली लागी स्थानीय ३१ वर्षीय लालु यादवको मृत्यु भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले साउन २५ गतेदेखि स्थलगत अनुगमन शुरु गरेको छ । टोलीले घटनास्थल, पीडित परिवार, आफन्त तथा प्रत्यक्षदर्शीहरूसँग छलफल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला प्रहरी कार्यालयका एसपी गौतमकुमार केसीसँग छलफल तथा घटनाबारे जानकारी लिएको छ ।

Saptari

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, सप्तरी इन्सेक स्वयम्सेवक नवीन यादव, एड्भोकेसी फोरम नेपाल मधेस प्रदेश संयोजक राजकुमार महासेठ र पत्रकार वैधनाथ झा लगायत अध्ययन टोलीमा संलग्न छन् । अध्ययन प्रतिवेदन केही दिनमा सार्वजनिक गरिने इन्सेक संयोजक राजु पासवानले बताए ।

अन्य

भिडियो