२८ वर्षीया महिलालाई ०८२ असार २५ गते बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका–६ का ३२ वर्षीय धिरे भनिने धिरेन्द्र कुमार कार्कीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा साउन २५ गते उजुरी दिएका छन् ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार २५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।