१५ वर्षीया बालिकालाई ०८२ असार २१ गते बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका–५ का २७ वर्षीय रविन्द्र कुमार सहनीविरुद्ध पीडित पक्षले साउन २५ गते इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएका छन् ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।