चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको साउन २० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद, ३ लाख ५० हजार रुपियाँ जरिबाना, र क्षतिपूर्ति बापत ५० हजार रुपियाँ पीडितलाई भराइदिने, १४ हजार रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८० फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ४ गते इलाका प्रहरी कार्यालय, पिपरा कपिलवस्तुमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई फागुन ४ गते गिरफ्तार गरेको थियो ।