INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मोहसलका २८ वर्षीय अजिजुल्लाह बहरुदलाई ०८२ साउन २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई साउन १७ गते बलात्कार गरेको भनी पीडितले साउन २१ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी गरेकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो