२३ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय पतिलाई ०८२ साउन २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले साउन २० गते वैवाहिक बलात्कार गरेको आरोपमा पीडितले पतिविरूद्ध साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २३ गते जिल्ला अस्पतालमा गरिएको छ ।