१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १५ र १६ वर्षीय बालकविरूद्ध ०८२ साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
आरोपितले बालिकालाई साउन १९ गते विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा सामूहिक बलात्कार गरेको आरोपमा आरोपितहरुविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बालिकाका दाजुले बताउनु भयो ।
कक्षा ८ मा अध्ययनरत बालिकालाई कक्षा ९ मा अध्ययनरत साथीहरूले सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितहरुविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर सुशान्त मिश्रले बताउनु भयो ।
घटनाका आरोपितहरुविरूद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा साउन २१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गराएर कानुनी कारबाही अघि बढाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २० गते जिल्ला अस्पतालमा गरिएको छ ।