नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचखपन नगरपालिका–१ का ३० वर्षीय केशव दाहाललाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको ०८२ साउन १८ गतेको इजलासले आराेपितलाई कसुर गरेको ठहर गर्दै २५ वर्ष कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार भरतमणि पोखरेलले बताउनु भयो ।
कसुरदारलाई ७ लाख ३० हजार रूपियाँ जरिबाना, १ लाख रुपियाँ क्षतिपूर्ति र २९ हजार २ सय रुपियाँ कसुरदारबाट पीडित राहत कोषमा जम्मा गर्न अदालतले आदेश दिएको छ ।
बालिकालाई ०८१ चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले चैत १५ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ चैत १२ गते गरिएको थियो ।