याङवरक गाउँपालिका-१ का १० वर्षीय बालक शिशिर राई र पाँच वर्षीया बालिका नानुमा राई विद्यालय हिँडेको पाँच दिनपछि ०८२ साउन २० गते मृत अवस्थामा फेला परेका छन् ।
याङवरक गाउँपालिका-१ का ४२ वर्षीय वीर्खबहादुर राईका छोराछोरी ०८२ साउन १६ गते विद्यालय हिँडेका थिए । घरबाट दाजुबहिनीसँगै विद्यालय हिँडेपनि घर नफर्किएपछि परिवार र प्रहरीले खोजी थालेको थियो ।
दाजुबहिनी साउन २० गते याङवरक गाउँपालिका-१ स्थित स्थानीय विरूवा खोला किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रूपेश तामाङले बताउनु भयो ।
घरबाट स्कुल हिँडेका दाजुबहिनी साउन १६ गते विद्यालय नपुगेको पुष्टि भएपछि परिवार र प्रहरीले खोलातिर खोजतलास गरेका थिए।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।