मकवानपुर जिल्ला बकैया गाउँपालिका–१० मन्थली घर भई हाल ललितपुरको गोदावरी नगरपालिका– १२ ठेचो बस्ने २८ वर्षीया ग्यान्दी महर्जन वाईबालाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा पति ३० वर्षीय लालबहादुर वाइबालाई प्रहरीले ०८२ साउन १८ गते गिरफ्तार गरेको छ ।
घरायसी बिबाद हुँदा ०८२ साउन १८ गते निवासमै पत्नीको हत्या प्रयास गरेको भन्दै पीडितका बुबाले साउन १८ गते नै प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको जिल्ला प्रहरी परिसरका ललितपुरका एसपी चक्रराज जोशीले बताउनु भयो ।
घाइतेलाई ०८२ साउन १८ गते नै पाटन अस्पतालमा भर्ना गरी उपचार भइरहेको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
आरोपित बिरुद्ध ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।