INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य सामग्रीको अभाव : बिरामी मर्कामा

जिल्लाका ग्रामीण बस्तीमा स्थापित स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति र सवास्थ्य सामग्रीको अभावका कारण बिरामीहरु मर्कामा पर्दै आएका छन् ।

ग्रामीण बस्तीका गर्भवती सुत्केरी महिलाले नियमित रुपमा स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण नगर्दा आमा र नवजात शिशुको ज्यान जोखिममा पर्ने गरेको छ ।

सरकारले गाउँवस्तीका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएका छन् । ती स्वास्थ्य संस्थामा जनशक्ति, उपकरणको अभाव, जनचेतनाको कमीका कारण गर्भवती, सुत्केरी महिला, नवजात शिशुको मृत्यु हुने गरेको छ । स्थानीय तह, सरोकारवाला निकायले गाउँवस्तीमा जनचेतनाका कार्यव्रmम नहुँदा अभिभावकको लारबाहीले बालविवाह गरेका बालिका जोखिममा पर्ने गरेका छन् ।

गर्भवती महिला नियमित रुपमा स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थामा नआउने, सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थामा जाने गरेका कारण आमा र नवजात शिशुको ज्यान जानुका साथै शारीरिक रुपमा अशक्त हुने गरेका छन् ।

१६ वर्षीय बालिकालाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थाले नगर अस्पताल दल्लीमा रिफर ग¥यो । नगर अस्पतालले स्रोत साधन नभएपछि सुविधा सम्पन्न अस्पताल रिफर गरेपछि अस्पताल लैजादै गर्दा बिच बाटोमा मृत शिशुको जन्मिएको थियो । गर्भवती महिला व्यथा लागेपछि स्वास्थ्य संस्थामा नियमित रुपमा चेक जाँच गर्ने, आइरन चक्की नखाने, खुलेर समस्या नराख्ने, लाज मान्ने गरेपछि जोखिममा परेका छन् । सडक पुगेपनि सवारी साधन नहुँदा गर्भवती महिलाहरूलाई स्टेचरमा बोकेर स्वास्थ्य संस्था लैजाने गरेका छन् । स्वास्थ्य संस्थामा स्रोत साधन नहँुदा अस्पतालमा रिफर गर्दा बाटोमै असुरक्षित बच्चा जन्माउने गरेका छन् ।

भेरी नगरपालिका–४ की आशा शोभा सिंहले गाउँवस्तीका महिला गर्भवती भएको समयमा स्वास्थ्य संस्था नजाने, स्वास्थ्यकर्मीसँग खुलेर समस्या राख्न नसकेको हुनाले महिलाले दुख पाउने गरेको बताउनु भयो ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले गाउँवस्तीका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका महिलालाई हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाउने गरेको बताउनुभयो । स्वास्थ्यका क्षेत्रमा सम्वेदनशील भएपनि गाउँमा उपचार सेवा प्रभाकारी हुन नसकेको उहाँको भनाइ छ ।

उहाँका अनुसार बालविवाह विरुद्धका कार्यव्रmम गाउँवस्तीमा अभियानका रुपमा लैजानु पर्ने बताउनु भयो । स्वास्थ्यकर्मी, सरोकारवाला, सामाजिक अभियान्ताले जनचेतनामूलक कार्यव्रmमलाई प्रभावकारी रुपमा सञ्चालन गरी गर्भवती सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने वातावरण सिर्जना गर्नका लागि जनचेतना फैलाउनु पर्नेमा जोड दिनु भयो ।

भौगोलिक विकटता, दुर्गमका महिला स्वास्थ्य संस्थामा नियमित नआउनु, आप्mनो स्वास्थ्य र गर्भमा रहेको बच्चाको स्वास्थ्यको बारेका जानकारी नलिने गरेका कारण जोखिममा परेका छन् ।

अन्य

भिडियो