१७ वर्षीया बालिका याचना सिजवालको हत्या गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३३ वर्षीया नृप साउदलाई ०८२ साउन १७ गते गिरफ्तार गरेको छ ।
बर्दगोरिया गाउँपालिका–१ बौनियास्थित राजधानी सेकुवा एण्ड मःमः सेन्टरमा कार्यरत बालिकालाई आरोपितले साउन १७ गते धारिलो हतीयार चक्कु प्रहार गरी गम्भिर घाइते बनाएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको बर्दगोरिया गाँउपालिका–१ का अध्यक्ष मिथुन गौतमले बताउनु भयो ।
पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा आरोपतिलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो ।
चक्कु प्रहारबाट गम्भिर घाइते भएकी बालिकाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा साउन १७ गते मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम साउन १८ गते सेती प्रादेशिक अस्पतालमा गरी सोही दिन परिवारको जिम्मा लगाइएको डिएसपी सिंहले बताउनु भयो ।