INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरी हत्या गरेको कसुरमा जन्म कैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले मर्चवारी गाउँपालिका–१ सोनवर्षाका २३ वर्षीय अकवर अलि भन्ने अकवर अलि दर्जीलाई कसुर ठहर गर्दै जन्म कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ साउन १३ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै जन्म कैद, ७ लाख रुपियाँ जरिबाना र सो रकम पीडितलाई भराइदिने, प्रतिवादीबाट थप १ लाख ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने र २८ हजार रुपियाँ क्षतिपूर्ति शुल्क बापत कसुरदारबाट असुल गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८० पुस १३ गते बलात्कार गरी हत्या गरेको भन्दै पीडित पक्षले पुस १४ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण पुस १४ गते भिम अस्पताल भैरहवामा गरिएको थियो । प्रहरीले आरोपितलाई पुस १४ गते मर्चवारबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो