आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्याउ सेवनका कारण ०८२ साउन १३ गते मृत्यु भएको छ ।
साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएर बिरामी भएपछि उपचारका क्रममा साउन १३ गते डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
च्याउ खाएर स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचारर्थ बोहराको मृत्युभएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर धनी चन्दले जानकरी दिनुभयो ।
शवको पोष्टमार्टम साउन १४ गते डडेल्धुरा अस्पतालमा गरी आफन्तलाई बझुाइएको छ ।
जिल्लामा यसअघि पनि अखाद्य बस्तु विषालु च्याउ खाएर एक जनाको मृत्यु भएको तथ्याङ्क रहेको र अखाद्य बस्तु खाएर हुन सक्ने जोखिमलाई मध्येनजर गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहको भए पनि घटनाहरु भइरहेको इन्स्पेक्टर चन्दको भनाइ छ ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,