INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

बनेपा नगरपालिका वडा नं २ का वडाध्यक्ष ४७ वर्षीय रामप्रसाद घिमिरेलाई ०८२ वैशाख १८ गते कुटपिट गरेको आरोपमा बनेपा नगरपालिका २ का २६ वर्षीय श्रीराम घिमिरेलाई प्रहरीले ०८२ वैशाख २९ गते गिरफ्तार गरेको छ ।

आफ्नै वडाको एउटा चिया पसलमा बसी चिया खाइरहेको अवस्थामा आरोपित घिमिरे एक्कासी पसलभित्र पसी गालीगलौज गर्दै कुटपिट गरेका थिए । कुटपिटबाट घाइते वडाअध्यक्ष घिमिरेको  बनेपास्थित शीर मेमोरियल अस्पतालमा सोही दिन उपचार गरियो । पीडितको दाहिने आँखा र शरिरमा चोट लागेको थियो ।

वडा अध्यक्ष घिमिरेले आरोपित विरुद्ध ०८२ वैशाख २२ गते इलाका प्रहरी कार्यालय बनेपामा कुटपिट र अङ्गभङ्ग शीर्षकमा उजुरी दिएको डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।

अन्य

भिडियो