१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१६ का २० वर्षीय दिनेश थापालाई जिल्ला अदालत काठमाडौँको कात्तिक २५ गतेको आदेशमा कोन्द्रिय कारागार सुन्धारामा पुर्पक्षको लागि राखिएको छ ।
सोही घटनाका अर्का आरोपित १६ वर्षीय बालकलाई अदालतको सोही मितिको आदेशमा हेटौँडास्थित बालसुधार गृहमा पठाइएको छ ।
असोज २५ गते पिपुल्स अस्पताल नयाँ बजारमा पीडित बालिकाले मृत शिशु जन्माएपछि नातेदार थापा र १६ वर्षीय बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
पीडित बालिका १२ वर्षकी हुँदा देखि नै आरोपितले पटक–पटक बलात्कार गर्दै आइरहेको खुलासा भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका सई रामबहादुर महतराले बताए ।