INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई भदौ ११ गते सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–९ खैरीफाँटाका २० वर्षीय दीपक कडारा, १९ वर्षीय लोकेश रावत, १८ वर्षीय शंकर विश्वकर्मा र १८ वर्षीय कुमार कडारालाई भदौ १४ गते  गिरफ्तार गरेको छ ।

पीडित बालिकाले भदौ १३ गते ईलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएपछि आरोपितहरुलाई ईलाका प्रहरी कार्यालय, टीकापुरबाट खटिएको प्रहरी टोलीले गिरफ्तार  गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

चारै जना आरोपितलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरीने डिएसपी बिष्टले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते टिकापुर अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो