एक ६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा रुबीभ्यालीका एक १४ वर्षीय बालकलाई प्रहरीले भदौ १० गते गिरफ्तार गरेको छ ।
नीलकण्ठ नगरपालिकामा डेरा गरी बसेका बालकलाई पाँच रुपैयाँ दिएर भदौ ६ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले भदौ १० गते कारबाहीको माग गरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालकको भदौ १० गते जिल्ला अस्पताल धादिङमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित बालक ज्वरो आएर बिरामी समेत परेको र गुदद्वारमा घाउ समेत भएकोले उपचार भइरहेको छ ।
आरोपितलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार कारबाहीको माग गर्दै उजुरी दर्ता भएको र आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो ।