INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बाबुलाई भदौ ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ जेठ २३ गते देखि रुपियाँ दिई, ललाई फकाई बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ८ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको र स्वास्थ्य अवस्था खतरा मुक्त रहेको डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो ।

अन्य

भिडियो