१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–७ का २२ वर्षीय अशोक दर्जी र २४ वर्षीय विक्रम हस्दालाई भदौ ९ गते गिरफ्तार गरेको छ ।
शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी बालिकालाई पछ्याएर अर्जुनधारा नगरपालिका–१ र २ मा पर्ने टाङटिङ खोजा नजिकको जङ्गलमा बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।
शनिश्चर प्रहरी चौकीबाट गस्तीमा निस्किएको प्रहरी टोलीले घटनास्थलमा पीडितलाई फेला पारेपछि पीडितले दिएको सूचनाका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरेको डिएसपी रिजालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा भदौ ९ गते गरिएको छ ।