आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५४ वर्षीय हजुरबुबालाई भदौ १० गते गिरफ्तार गरेको छ ।
आरोपितले नातिनीलाई साउन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १० गते गरिएको छ ।