INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला कटहरीया नपा–४  का २६ वर्षीय प्रमोद साहलाई भदौ ७ गते गिरफ्तार गरेको छ ।

विवाहिता पीडित बालिकाको दुई महिनाको गर्भ खेर गएर भदौ ७ गते निजगढ नपा–११ रतनपुर टोलमा रहेको स्वास्थ चौकीमा उपचार गर्न जाँदा रौतहट जिल्ला कटहरीया नपा–४ निवासी सोही स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहायक साहले बेहोस हुने सुई लगाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

आरोपित साहलाई सोही टोलबाट भदौ ८ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर विकाश थपलियाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण निजगढ अस्पतालमा भदौ ८ गते गरिएको छ ।

पेट दुःखेको ठिक गर्न सुई लगाउँछु भनेर बेहोस हुने सुई लगाएको कुरा पछि जानकारी पाएको पीडित पक्षको आरोप छ ।

अन्य

भिडियो