INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ र १७ वर्षीय बालकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई भदौ ७ गते दिउँसो घरमा कोही नभएको अवस्थामा घर नजिकै रहेको गोठमा लगि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय डकाहाले उनीहरूलाई गिरफ्तार गरी भदौ ९ गते जिल्ला प्रहरी कार्यालय बुझाएको हो ।

पीडित बालिकाको सिन्धुली अस्पतालमा भदौ ९ गते नै स्वास्थ्य परीक्षण गरिनुका साथै पीडित परिवारले दिएको उजुरी समेत दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जु सिग्देलले बताउनु भयो ।

उहाँका अनुसार आरोपित बालकहरूलाई जिल्ला प्रहरी कार्यालयमा रहेको बालबालिका कक्षमा राखि अनुसन्धान सुरु गरिएको छ ।

अन्य

भिडियो