१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाँउपालिका–४ का ४६ वर्षीय मो.इसाद आलमलाई भदौ ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर हेमराज ओलीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) धरानमा साउन ७ गते गरिएको छ ।