१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सियारी गाउँपालिका–७ का २० वर्षीय गोविन्द केवट विरूद्ध पीडितले भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।
पीडितलाई आरोपितले प्रलोभन देखाएर बलात्कार गर्दै आएकोमा अन्तिम पटक ०७६ फागुन २० गते बलात्कार गरेको र बलात्कारबाट २३ हप्ताको गर्भ रहेको उजुरी आएको डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।