२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका –४ का ५० वर्षीय सरदकुमार राईलाई भदौ ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित युवतीलाई भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ७ गते गरिएको छ ।