१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटले रास्कोट नगरपालिका–४ बसन्तपुरका ५१ वर्षीय नमराज शाहीविरुद्ध भदौ ५ गते उजुरी दर्ता गरेको छ ।
पीडित युवतीलाई आरोपितले गत जेठ ७ गतेदेखि लगातार बलात्कार गर्दै आएको र बलात्कारबाट गर्भसमेत रहेको पीडितका बाबुले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
बलात्कारबाट गर्भ रहेको चार महिना भएको र आरोपितले मार्ने धम्की दिएपछि बालिकाले जबरजस्ती गर्भपतन गराएको पीडितका बाबुले बताउनु भयो ।
पीडित युवतीको गर्भपतनपछि अत्याधिक रक्तश्राव भएकाले जिल्ला अस्पताल पुर्याइएकी युवतीको स्वास्थ्य परीक्षण र उपचार भइरहेको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डाक्टर भिष्म पोख्रेलले जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरी दर्ता भएको र आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्याम ओलियाले बताउनुभयो ।