INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–७ का २० वर्षीय अभिषेक राजवंशीलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ३ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा भदौ ५ गते गरिएको छ ।

अन्य

भिडियो