१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका– १ का १९ वर्षीय निकेश तामाङलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई साउन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रवुकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ३ गते गरिएको छ ।