११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भदौ २ गते उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १ गते नियन्त्रणमा लिएर टोलभन्दा करिब ४ सय मिटर टाढा लगेर बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ २ गते गरिएको छ ।
पीडितकी आमाले दिएको उजुरी दर्ता भएको र आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताउनु भयो ।