२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका –८ का ३३ वर्षीय एकलाल ऐरीलाई ०७७ भदौ २ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।
पीडित बालिकालाई आरोपितले ०७७ वैशाख १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १८ गते जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।