INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड र आगजनी

घोराही उपमनपा –१५ मा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा साउन ३२ गते अज्ञात पक्षले तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ ।

६ जनाको समूहमा आएका व्यक्तिहरूले विद्यार्थी भर्ना गर्ने  भन्दै विद्यालय भित्र पसेर  लेखा शाखामा  तोडफोड तथा  विद्यालयका कागजात समेतमा आगजनी गरेका थिए । प्रतिकार गर्न खोज्दा विद्यालयका लेखापालहरू २६ वर्षीय नारायण चौधरी र २८ वर्षीय केशव रिजाल तथा विद्यालयका सुरक्षा गार्ड ५० वर्षीय विष्णु दशौदीलाई कुटपिट गरेर भागेको घर्तीले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनु भयो ।

उनीहरूले लेखा शाखामा रहेको एक थान कम्युटर, एक थान टेवुल, दुई थान कुर्सी तोडफोड गर्दै मट्टीतेल छर्केर आगजनी गरेको विद्यालयका प्रिन्सपल तिलबहादुर घर्तीले जानकारी दिनुभयो ।

विद्यालय पक्षले घटनाको अनुसन्धानको माग गर्दै साउन १ गते जिल्ला प्रहरी कार्यालयमा  निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले जानकारी बताउनु  भयो ।

अन्य

भिडियो