रेसुङ्गा नगरपालिका – ४ अर्खलेस्थित पन्थीटोलका व्यवसायी प्रेमराज पन्थीको मोटरसाइकलमा साउन २९ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
तरकारी सङ्कलन केन्द्र भित्र पार्किङमा राखिएको लु ३९ प ५२४३ नम्बरको मोटरसाइकल बाहिर निकालेर आगजनी गरेकाे पन्थीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । घटनाका सम्बन्धमा पीडितले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
ताला तोडेर मोटरसाइकल बाहिर निकालेर आगो लगाइएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चुडामणी पुनले बताउनु भयो । थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पुनले बताउनु भयो । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।
पीडितका अनुसार असार १७ गते सोही ठाउँबाट मोटरसाइकल निकालेर बाटोमा फालिएको थियो ।