पत्नी हत्या गरेको आरोपमा प्रहरीले पोखरा मनपा-२७ रिठ्ठेपानी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले ३२ वर्षीया पत्नी शर्मीला घर्तीमगरको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।
कात्तिक २२ गते राति आफ्नै घरमा मृत भेटिएकी शर्मिलाको हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई भैरहवाबाट गिरफ्तार गरी अनुसन्धानका गरिरहेको डिएसपी गुरुङले जानकारी दिए ।
शवको पोष्टमार्टम कात्तिक २३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।