२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का २१ वर्षीय वीरयानसिंह तामाङलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ३० गते गरिएको छ ।