INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई साउन २७ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले साउन २५ गते बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २६ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको डाक्टर विवेक अधिकारीले बताउनुभयो ।

मजदुरी गरेर जीवन चलाइरहेका पीडित बालिकाको परिवारले लकडाउनमा काम नपाएकाले चरम आर्थिक अभाव भएको बताएपछि साउन २७ गते इन्सेकको पहलमा निशुल्क उजुरी दर्ता भएको छ ।

अन्य

भिडियो