प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) नेतृत्वको तीन जना कार्यकर्तालाई साउन २६ गते प्रहरीले पोखराबाट गिरफ्तार गरेको छ ।
कास्की रुपा गाउँपालिका घर भई पोखरा बस्ने प्रकाश बाँस्तोलालाई उनको डेरा पोखरा-८ सिर्जनाचोकबाट गिरफ्तार गरिएका छ भने म्यादी घर भइ पोखरा बस्ने तिर्थबहादुर बुढथोकी र अर्घाखाँची घर भइ पोखरा बस्ने तेज बहादुर सूर्यवंशीलाई पोखरा -४ चिप्लेढुंगाबाट जबरजस्ती चन्दा उठाएको अभियोगमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
उनीहरूलाई चन्दा ऐन अन्तरगत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी हमालले बताउनुभयो ।