१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई जिल्ला प्रहरी कार्यालय बागलुङले साउन २१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले डर धम्की देखाएर साउन १६ र १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
पीडितको उजुरीपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर हेम केसीले इन्सेक जिल्ला प्रतिनिधीलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।