INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१४ र १६ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा घोडाघोडी नगरपालिका–८ का ३८ वर्षीय बुबाविरुद्व साउन ४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरिएको छ ।

विगत एक वर्षदेखि बुबाले यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडित बालिकाहरु साउन ३ गते इलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिन गएको भएपनि अभिभावक नभएको भन्दै इलाका प्रहरी कार्यालय, सुखडले उजुरी दर्ता नगरेको पीडित बालिकाकी फुपूले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, सुखडले उजुरी नलिएपछि साउन ४ गते पीडित बालिकाकी फुपूले जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गराएको ओरेक नेपालकी सल्लाहकार जयकला चौधरीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिभिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाहरुको  स्वास्थ्य परीक्षण साउन ३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी धनगढीस्थित ओरेक नेपालको सेफ हाउसमा राखिएको छ ।

अन्य

भिडियो