INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५-१६ वर्षउमेर समूहका बालकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा गिरफ्तार भएका तीनै जना बालकमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर लक्ष्मण ओलीले बताए ।

पीडित बालिकालाई बाख्रा चराउन गएका गोठालाहरूले अचेत अवस्थामा उद्धार गरी प्रहरी चौकी कालिका प्रहरीलाई जानकारी दिएका थिए ।

बलात्कार घटनामा संलग्न एक जनालाई भाग्दै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरी चौकी कालिकामा बुझाएका थिए । फरार अन्य दुई जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरले भारतीय नागरिकसँगको समन्वयमा गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण बर्दिया जिल्ला अस्पतालमा कात्तिक २५ गते गरिएको छ ।

अन्य

भिडियो